भोजपुर । जिल्लाभर १६० मतदान केन्द्र रहेको भोजपुरमा १ लाख २५ हजार ७ सय ४ जना मतदाता नामावली नाम उल्लेख छ ।

६० हजार ७ सात ४ जना महिला मतदाता रहेको भोजपुरमा ६५ हजार २ सय २१ पुरुष मतदाता छन भने एक जना तेस्रो लिङ्गी मतदाता रहेको छ । निर्वाचन आयोगले चैत १३ गते मतदाताको नामावली टुङ्ग्याएको थियो ।
जिल्ला कार्यालय भोजपुरको अनुसार सबै भन्दा बढी मतदाता षडानन्द नगरपालिकामा २१ हजार ७९७ जना रहेका छन् । साल्पासिलिछो गाउँपालिकामा आठ हजार ७५४ जना मतदाता सबै भन्दा कम मतदाता रहेको छन ।
भोजपुर नगरपालिकामा १९ हजार ४ सय ९०, हतुवागढी गाउँपालिकामा १४ हजार १ सय ८० जना, टेम्केमैयुङ गाउँपाकिलामा १३ हजार ६ सय १८, अरुण गाउँपालिकामा १२ हजार ८ सय ३६, आमचोक गाउँपालिकामा १२ हजार ५ सय ४४, रामप्रसादराई गाउँपालिकामा ११ हजार ७ सय ७२ रपौवादुङमा गाउँपालिकामा १० हजार ७ सय २५ जना मतदाता नामवलीमा नाम उल्लेख छ ।






