ताप्लेजुङ । नेकपा फुटनुमा सबैको कमजोरी बराबरी रहेको नेकपा एमालेका नेता योगेश भट्टराईले बताए ।

पार्टीको केन्द्रीय सचिव तथा ताप्लेजुङबाट निर्वाचित रहेका संघिय सांसद भट्टराई कमीकमजोरी सबैको भएको बताएका छन । बुधवार ताप्लेजुङका अगुवा कार्यकर्तालाई सम्बोधन गर्न आएका सांसद भट्टराईले अव हुने स्थानिय निर्वाचनमा ताप्लेजुङका सवै पालिकामा निर्वाचन जित्ने दाबि गरे ।
सांसद भट्टराईले वहुमतको सरकार निर्माण गर्न सवै कार्यकर्ता हरुलाई जोस, जाँगर र हौसलाको साथ चुनावी माहोलमा लाग्न निर्देशन दिए ।






