रामपुर । मंगलवार बिहान हत्या गरि खोलामा फालिएको अवस्थामा भेटिएकी कविता सुनुवारको हत्यारालाई प्रहरी सार्बजानिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले हत्यामा संलग्न बेलका–३ बस्ने १७ वर्षीया सरिता ढकाल खत्री र उनको ठूलाबुबाको छोरा भारत सिक्किम पैयु घर भई बेलाका बस्दै आएका १९ वर्षीय विनोद ढकाललाई सार्वजानिक गरेको हो ।
कोसी जनता मावि कक्षा १० मा अध्ययनरत कविता एसइईको तयारीका लागी बिहान ४ बजे ट्युसन पढ्न स्कुल गएकी थिइन । प्रहरीले सरिता र विनोदलाई पक्राउ गरेर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराले बताएका छन ।
कविता र सरिता दुवै कक्षा १० एकै विद्यालयमा अध्यानरत रहेका थिए ।
हत्यामा संलग्न विनोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कविताको हत्याको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा चलाउने तयारी गरेको र सरितालाई भने उमेर नपुगेको कारण बालगृहमा राखेर मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।






