काठमाण्डौं । विप्लव नेतृत्वको नेकपा माओवादी पार्टी स्थानिय निकायको निर्वाचनमा सहभागी हुने संकेत गरेको छ ।


विहिवार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहितको टोली निर्वाचन आयोगको कार्यलयमा पुगे पछि निर्वाचनमा सहभागी हुने संकेत गरेको हो ।
केही दिन अघि उत्त पार्टीको केन्द्रीय भेलामा पार्टीका केन्द्रीय नेताहरु हेमन्त ओली सुर्दशन सहित नेताहरुको चुनावमा नजान चर्को दवाब दिए पनि पार्टी महासचिव विप्लव र प्रकाण्ड भने चुनावलाई उपयोग गर्नु पर्ने भन्ने विषयमा बहस भएको थियो ।
केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निति लिए पनि प्रकाण्डले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गर्नुमा नयाँ राजनिकि कोर्ष सुरु भएको संकेत गरेको छ ।
यता चुनावमा सहभागी नहुने पक्षमा उभिएका सुदर्शन सहितको बहुमत सदस्य चुनावको बिपक्षमा अझै पनि छन ।

तपाईको प्रतिक्रिया