पथरी । ११ बर्से बालकले ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार खेल्ने क्रममा बालकले उत्त घटना गराएको आरोप लागेको हो ।
कानेपोखरी गाउँपालिका-५ मा प्रहरीले साँझतिर बालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान अघि बढाएको जनाएको छ । बालिकाको यौनाङ्गमा चोटपटक पनि लागेको प्रहरीले बताएको छ ।
बालिका र बालक दुबैलाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरको कोसी अस्पताल लगिएको छ । १० वर्षमुनिका बालबालिकालाई कानुनी कारबाही गर्न मिल्दैन । १० वर्षभन्दामाथिकालाई भने कानुनअनुसार कारबाही हुने व्यवस्था रहेको छ ।






