भोजपुर । नेपाली कांग्रेस सहितको दलहरुले स्थानिय निर्वाचनमा गठबन्धन मजबुद पार्ने निणर्य गरेको छ ।


९ पालिका र ८१ वडाहरुमा गठबन्धन गरी निर्वाचनमा सहभागी हुने निणर् भएको हो ।
चैत्र २८ गते ९ वटै स्थानीय तहमा गठबन्धनको सयुक्त बैठक वसी सोहि दिन बेलुका ७ बजेसम्म सबै सुझाव संकलन गरी उम्मेद्धवार को टुङगो लगाउने निणर्य गर्दै गठबन्धन मजबुद पार्दै निर्वाचनमा सहभागी हुने सहमती गरेका थिए ।
उत्त बैठकमा नेपाली काङग्रेसबाट भोजपुर सभापति विनोद वान्तवाको अध्यक्षतामा नेका केन्द्रिय सदस्य उमेशजंग रायमाझी, नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य सुदन किराती, अजम्बर काङमाङ राई, नेकपा एकिकृत समाजवादिका केन्द्रिय सदस्य रमेश शाक्य, जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य रामसिङ राई, नेकपा एकिकृत समाजवादिका जिल्ला अध्यक्ष विरजंग राई, जनता समाजवादि पार्टिका जिल्ला अध्यक्ष आशकुमार राई लगायतले सो निणर्य गरेको नेकपा माओबादी केन्द्रका नेता अजम्बर काङमाङमाले बताए ।

तपाईको प्रतिक्रिया