एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुत्त भएका छन ।

संसदमा पेस भएको अविश्वासको प्रस्ताव माथी शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनि पद मुत्त भएका हुन ।
प्रधानमन्त्री खान पदमुत्त भएसंगै प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्ने बस्दैछ ।
यसअघि गत आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै मतदानकै दिन खारेज गरिदिएका थिए ।
पाकिस्तानको संविधानको धारा ५८ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्न सक्ने व्यवस्था छ । इमरान खानको सिफारिसलगत्तै राष्ट्रपति अल्भीले संसद विघटन गरेका थिए ।
तर पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निणर्य बदर गरिदिएको थियो ।
सर्वोच्चले पुनर्स्थापित संसदमा प्रधानमन्त्री खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन पनि आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया