इटहरी । बर्तमान उपमहानगर प्रमुख द्धवारीकालाल चौधरी सहित नेकपा एमाले पार्टीले इटहरीबाट छ जनाको नाम उम्मेद्धवारीको लागी लागी सिफरिस गरेको छ ।
आइतबार बसेको उप-महानगर कमिटीको बैठकले उम्मेदवारीका लागी नाम चर्चामा रहेका चौधरी सहितलाई उपल्लो कमिटिमा सिफारिस गरेको हो ।
उत्त बैठकबाट नगरप्रमुख द्वारिकलाल चौधरी, बर्तमान उप्रपमुख लक्ष्मी गौतम सहित पार्टीको प्रदेश सदस्य रामप्रसाद चौंलागाई, इटहरी उपमहानगर कमिटिको अध्यक्ष यामकुमार सुब्बा, जिल्ला सदस्य रेवती घिमिरे र बन्नुलाल चौधरीको नाम सिफारिस गरेको छ । उपप्रमुख पद्को लागी अम्बिका चौधरी, विष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रूक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिसमा परेका छन ।






