रामपुर । सामन्य घरायसी बिवादका कारण झगडा हुदा एक महिलाको हत्या भएको छ ।
कटारी नगरपालिका-५ बर्मजियामा सोमबार बिहान ३७ वर्षीया नानु खनालको हत्या भएको हो ।
उनकै श्रीमान पोष्टराज दाहाललले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । यो समाचार तयार गर्दासम्मा मृतक खनालको शवलाई कटारी अस्पतालमा पोष्टमार्टमका लागि राखेको छ भने दाहाललाई प्रहरीले नियन्त्रण छन ।






