
पथरी । बिभिन्न राजनितिक दलका नेता कार्यकर्ताहरु नेकपा नेकपा (केन्द्र) प्रबेश गरेका छन ।
नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीमा रहेर राजनिति गरिरहेका नेता कार्यकर्ताहरु सोमवार एक कार्यक्रमको विच माओबादी केन्द्र प्रबेश गरेको हो ।
नेकपा एमाले निकट मुक्ति समाजका झापा उपाध्यक्ष तथा राष्ट्रिय दलित मञ्च केन्द्रीय अध्यक्ष भीमकुमार लकान्द्रीको नेतृत्वमा नेकपा एमाले प्रदेश १ का सल्लाहकार तथा दलित गैरसरकारी सस्था महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गोपाल लकान्द्री, एकीकृत समाजवादी पार्टी मोरङका सल्लाहकार नरेश घतानी र नेपाल दलित संघका केन्द्रीय सदस्य प्रेम लकान्द्रीलगायत अगुवाहरुले माओबादी केन्द्र प्रबेश गरेका थिए ।
प्रबेश गर्नेहरुमा गोपाल लकान्द्री र नरेश घतानी पथरीका स्थापित ब्यापारीहरु हुन । लकान्द्रीको पाथिभरा ज्वलेर्सका सञ्चालक हुन भने नरेश घतानीले न्यू नवरत्न सुनचाँदी पसलका सञ्चालक हुन । सोही कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य हर्कराज राई पनि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।






