
पथरी । नेकपा एमाले पथरीशनिश्चरे नगरको २ नम्बर वडाबाट वडाअध्यक्ष पदको लागी ९ जनाको नाम सिफरिस गरेको छ ।
सोमवार बसेको पार्टीको भेलाले वडाअध्यक्षमा सहमति हुन नसकेपछि ९ जनाको नाम सिफरिस गरेको हो ।
नेकपा एमाले पार्टीको नगर कमिटि सदस्य हर्क राईका अनुसार सिफरिस भएका नामहरुमा नैना राई, घनश्याम भट्टराई, पर्शुराम न्यौपाने, किसन राई, नबिन किशोर सुबेदी, अरुणा राई, निर्मला राई, प्रकाश दाहाल र भवानी तिम्सीना रहेका छन ।
सिफरिस भएका नामहरु मध्ये पर्शुराम न्यौपाने पथरीशनिश्चरे नगर कार्यपालिका सदस्य हुन भने अरुणा राई वडा सदस्य तथा कार्यबहाक वडा अध्यक्ष रहेर काम गरेको अनुभव हुन ।






