
खँदबारी । सङ्खुवासभाको चैनपुर नगरपालिका वडानम्बर ५ मा पानी राखेको भाडामा डुबेर बालकको मृत्यू भएको छ ।
सोमबार दिउँसो करिव १२ बजे समयमा पेमा ओङ्दि शेर्पाका एक वर्षीय छोरा निमा साङ्गे शेर्पाको मृत्यु भएको हो ।
जुठाभाँडा धुने ठाउमा भाडामा पानी भरेर राखेका बाबु आमाले सोही भाडाको पानीमा डुबेर शेर्पाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
उत्त घटनालाई लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।






