
पथरी । जहदा गाउँपालिका-१ लंकाटोल १४ केजी गाँजा सहित एक जना कारोबारीलाई प्रहरीले पक्रिएको छ ।
सुचनाको आधारमा छापा मारेर प्रहरी टोलीले गाँजाको बोरा सहित ३२ वर्षीय मुन्ना मल्लाहलाई पक्राउ गरेको हो ।
अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लाने तयारी गर्दै गरेको अवस्थामा पक्राउ परेका मल्लाहले प्रहरीलाई बयान दिएका थिए ।
उनलाई ईलाका प्रहरी कार्यालय रानीले म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।






