पथरी । प्रहरी जवान उर्मिला श्रेष्ठको गोली गोली लागेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
विराटनगर स्थीत कोशी अस्पतालमा गरीएको पोस्टमार्टम रिपोर्टले गोली लागेर मृत्यु भएको देखाएको हो । पोस्टमार्टम रिर्पोट अनुसार ( ककसक प्रीजेन्ट बाई फायर आम्र्ड इन्जुरी’ लेखिएको छ भने मृतक श्रेष्ठको शरिरबाट गोली पनि निकालिएको थियो ।
मोरङको लेटाङ नगरपालिका चैत्र ६ गते आइतवार भएको हिंसात्मक झडप हुँदा प्रहरीको तीन वटा हतयिारबाट हवाई फायर भएको थयिो । मृतक श्रेष्ठलाई लागेको गोलीको परिक्षण, विधी विज्ञान प्रयोगशालामा गर्दा प्रहरीको गोलीसँग म्याच हुन नसकेको स्रोतको उल्लेख छ ।
उत्त दिन भएको घटनालाई लिएर हाल सम्मा ६३ जनालाई पक्राउ प्रहरीले गरेको छ ।
पक्राउ परेकामध्ये १५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारीमा प्रहरी छ ।

तपाईको प्रतिक्रिया