
उद्घाटन कार्यक्रममा रिवन काटदै अध्यक्ष तामाङ र पथरी प्रहरी प्रमुख गौतम ।
पथरी । पथरीशनिश्चरे १ रत्न चौकमा मनोहर होटल एण्ड फन पार्क उद्घाटन भएको छ ।
पार्कका सञ्चालक टिकाराम राईले बिहिवार एक कार्यक्रमको आयेजना गरि उद्घाटन गरेको हो ।

उद्घाटन पश्चात सामुहित तस्वीरमा कैद भएका सन्तोष राई, अर्जुन जम्नेली राई, लोकसागर सम्वा, धनकुमार तामाङ, धनराज राई (अमिर) पार्कका सञ्चालक टिकाराम राई, बेदप्रकाश गौतम, संचारकर्मी भूमि पाठक र इश्वर दुलाल ।
पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी उपरिक्षक (डिएसपी) वेदप्रकाश गौतमले संयुत्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा सञ्चारकर्मी अर्जुन जम्नेली राई चलचित्र निर्माता सन्तोष राई पहिचानी अभियान्ता लोकसागर साम्बाले सफलताको शुभकामना ब्यात्त गरेका थिए ।
तस्वीर विजय धिमालको फेसबुकबाट






