
पथरी । नेकपा एमाले पार्टीको पथरीशनिश्चरे नगरपालिकाको ३ वटा वडामा वडा अध्यक्षको उम्मेद्धवार सर्वसहमतीको साथ चयन भएको छ ।
नेकपा एमाले पार्टी मोरङका सचिवालय सदस्य धनकुमार तामाङका अनुसार वडा नं.४ मा प्रेम न्यौपाने, वडा नं.५ मा उमानाथ अधिकारी र वडा नम्वर ९ भानु राई सर्वसहमत उम्मेद्धवार निश्चित भएको हो ।
गत निर्वाचनमा वडा ४ मा माओवादी केन्द्रका गोबिन्द भण्डारी र ५ नेपाली कांग्रेस पार्टीका उम्मेद्धवार जोगबहादुर धिमालले जितेका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार वैशाख ११ र १२ गते मनोनय गरिसक्नु पर्नेछ । उम्मेद्धवारी दर्ताका लागि ११ गते बिहान १० बजेदेखि १२ गते साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
उम्मेद्धारको विरोधमा वैशाख १३ गते ५ बजेसम्म उम्मेद्धवारको विरोधमा उजुरी दिन सकिने प्रावधान छ ।
१५ गते बेलुकी ५ बजेसम्म मनोनयको उजुरी उपर छानबिन गर्नेसोही दिन साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।
१६ गते साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने र सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गरि १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम सार्वजानिक गरेको छ ।






