पथरी । नेकपा माओबादी केन्द्रबाट वडा नम्बर १० को वडा अध्यक्षमा रविन राईलाई अघि सारेको छ ।
भूमिगत समयदेखी नै माओबादी पार्टीमा आवद्ध रहेर राजनिति सुरु गरेका राईलाई उम्मेद्धवार बनाउने निश्चित गर्दै अगाडी सारेको हो ।
किरात राई यायोक्खा पथरीशनिश्चरे नगरका पूर्व सचिव रहेका राई नेपाल जेसिस, पथरी उद्योग वाणिज्य संघ लगायत बिभिन्न सामाजिक संस्थामा आवद्ध रहेर काम गरिरहेका युवा ब्यवसायी हुन ।
पथरीशनिश्चरे वडा नम्बर १० मा रहेको साकेलाथान स्थापना गर्न नेतृत्वदायी भूमिकामा रहेका राईले सामाजिक कार्यसंगै राजनितिलाई निरन्तरता दिदै आएका छन ।
पथरीशनिश्चरे वडा नम्बर १० मा सुकुम्बासी समस्या जग्गाको दोहोरो स्वामित्व समस्या तथा अब्यवस्थीत समस्या बढी रहेको वडामा पर्दछ ।
डाँसखोलाको कटान समस्या झेल्ने गरेको वडा नम्बर १० ले पशुपति सामुदायिक वन उपभोत्ता समुह, भूल्के पशुपति सामुदायिक वन उपभोत्ता समुह, डाँसमोरङगी सामुदायिक वन उपभोत्ता समुह र सिता छधारे सामुदायिक वन उपभोत्ता समुह रहेको छ ।
सामुदायिक वनसंग समन्वय गरेर काम गरेको खण्डमा यस वडा सबै भन्दा बढी विकास निर्माणको काम हुनेछ भने प्रत्येक घरका मानिसलाई रोजगारीको सुनिश्चता गरेर अगाडी बढन सक्नेछ ।
यस वडामा गत निर्वाचनमा नेपाली कांग्रेसका सागर राईले वडाअध्यक्ष जितेका थिए ।
फोटो फेसबुकबाट

तपाईको प्रतिक्रिया