गठबन्धनले चण्डी राईलाई मेयरमा उठाउन सक्ने अांकलन

तिम्मा डेस्क

पथरी । पथरीशनिश्चरे नगरमा सत्ता गठबन्धनबाट संविधानसभाका सदस्य नेकपा एकिकृत समाजवादी पार्टीका प्रभावसाली नेता चण्डीप्रसाद राईलाई मेयर पद्को उम्मेद्धवार बनाएर निर्वाचनमा होमिन सक्ने अांकलन गरिएको छ ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र) जनता समाजवादी पार्टी र एकिकृत समाजवादी पार्टीको संयुत्त र साझा ब्यत्तीको खोजी गर्दा चण्डीप्रसाद राईको नाम आउने अांकलन गरिएका हो ।
नेकपा माओवादी केन्द्र मोरङका इन्चार्ज गणेश उप्रेती सुसिलले हाललाई नेकपा एमालले जितेको ठाउमा नेकपा एसले जितेको ठान्नु पर्ने माथीबाट सर्कुलरको आएको बताए ।
सुसिल यसो भनि रहदा गठबन्धनबाट संयुत्त उम्मेद्धवारीको रुपमा चण्डी राईको नामलाई माओबादीले सर्मथन गर्न सक्ने संकेत रहेको हुन सक्ने अनुमान गरिएको छ । तथापी माओबादी केन्द्रबाट मेयर पदको लागी सभासद लालबहादुर सुस्लीङ मगर, दिननाथ तिम्सीना बालकुमार ठाडामगर लगायतको नाम चर्चामा छ । गत निर्वाचनमा माओबादी केन्द्रले एक स्थानमा वडाअध्यक्ष जित निकालेको थियो ।
जनता समाजबादी पार्टीको केन्द्रीय सदस्य लोकसागर साम्बाका अनुसार गठबन्धनले साझा ब्यत्तिलाई उम्मेद्धवार बनाउनको लागी चरणबद्ध रुपले बैठक भईरहेको र साझा ब्यत्तीलाई नै उम्मेद्धवार बनाउने प्रयत्न भईरहेको बताए । जनता समाजबादी पार्टीबाट मेयरमा फिपराज बेघा दिलबहादुर तामाङ लगायतको नाम चर्चामा छ ।
नेपाली कांगे्रसले प्रमुख पद्मा आप्नो दाबि निरन्तर राख्दै नगरको नेतृत्व लिने रणनितिमा अपनाउदै आएको छ । १ स्वतन्त्र सहित ३ ओटा वडा अध्यक्षहरु जितेको नेपाली कंग्रेसले यस पटक गठबन्धनलाई साथ लिएर लालकिल्ला भत्काउने रणनितिमा छ । मेयर पद्को लागी गणेश खडका रुपनारायण भट्टराई, पर्शु कार्की, माधव कोइराला, प्रमुख पद्मा उम्मेद्धवारीको आकंक्षी छन । नेपाली कांग्रेसका नेताहरुसंग पतिक्रृया लिन खोज्दा बैठकमा छलफल हुने गरेको मात्रै प्रतिक्रिया दिने गरेका छन ।
नेपाली कांग्रेसको नगर सभापति सभापति रुपनारायाण भट्टराईको संयोजकत्वमा चार दलको तीन तीन जना पर्नेगरी १३ सदस्यीय संयन्त्रले यो समाचार तयारी बनाउदासम्मा कुनै पनि उम्मेद्धवारको टुङगो लगाउन सकेको छैन ।
उम्मेद्धवार र उम्मेद्धवारीको विषयमा चण्डीप्रसाद राईसंग प्रतिक्रिया लिदा गठबन्धन नै मुख्य केन्द्र भएकोले सबै निणर्य गर्ने र उम्मेद्धवार पनि टुङगो लगाउने जिम्मा पनि गठबन्धन कै भएको प्रतिक्रिया दिए ।
गठबन्धनले उम्मेद्धवार बनाएर चुनाव पठाए आफु निसंकोच चुनावको मैदानमा जाने बताए । तस्वीर चण्डीप्रसाद राईको फेसबुकबाट

तपाईको प्रतिक्रिया