पथरी । बैसाख ३० गते हुने स्थानिय निर्वाचनका लागी पथरीशनिश्चरे नगरको वडा नम्बर ७ मा गठबन्धन नमान्ने भएको छ ।
नेपाली कांग्रेस, माओबादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजबादी पार्टी विच गठबन्धन गरि निर्वाचनमा सहभागी हुने उदेश्यले केन्द्र, प्रदेश, जिल्ला र नगर स्तरहरुमा वार्ता छलफल भई रहे पनि नेपाली कांग्रेसको वडा नं. ७ मा भने उम्मेद्धवार घोषणा गर्दै गठबन्धन नमान्ने भएको हो ।
नेपाली कांग्रेसले आफना वडा अध्यक्षको उम्मेद्धवार जीतन राईलाई अगाडी बढाएसंगै कोहीकसैसंग गठबन्धन नगरी एक्लै चुनाबि मैदानमा जाने तयारी गरेको बताए ।
सो पार्टीका ७ नम्बर वडा अध्यक्ष इन्द्र गौतमले आफनो सामाजिक सञ्जाल फेसबुकबाट कम्युनिस्टहरुसंग तालमेल गरेर मात्रै चुनाव जित्न नसकिने भन्दै असन्तुष्टी जनाएका छन ।
सभापति सोही गौतमले आफनो स्टाटसमा रुखमा बाहेक अरु तिर भोट हाल्दिन भन्दा कार्बाही हुन्छ भने सबै भन्दा पहिला आफैलाई कारबाही गरेर देखाउन नेतृत्वलाई चुनौती दिएका छन ।
यस्तै नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेद्धवार घोषणा गरिएका जीतन राईले आजको अनौपचारिक भेटमा आफुहरु कुनैपनि हालतमा गठबन्धन सहित निर्वाचनमा सहभागी नहुने बताए । ्
आफुहरुले वडा अध्यक्ष सहति सदस्यहरु र दलित महिला सदस्य समेत गरि सबैको नाम सर्बसम्मतीले उपल्लो निकायमा पठाएको बताउदै गठबन्धन बहिस्कार गरेर आफुहरुको उम्मेद्धवारीलाई निरन्तरता दिएको बताए ।
नेतृत्वले तपाईहरुको उम्मेद्धवारी माथी चेनअफ कमाण्ड लागु गरेको खण्डमा के गर्नुहुन्छ ? भन्ने प्रश्नमा वडा अध्यक्षका उम्मेद्धवार राईले आफुहरुले उम्मेद्धवारी फिर्ता लिनु पर्ने अवस्था आएमा सर्बसम्मत साथ सबै छाप रुखमा हानेर बिरोध गर्ने आन्तरिक निणर्य भएको बताए ।
उम्मेद्धवार राईका अनुसार आफुहरुलाई नेतृत्वले गठबन्धन बिना अहिलेकै अवस्थामा चुनाबि मैदानमा पठाए साढे ११ सय मत लिएर चुनाव जित्ने बताउदै सबै मतदाताको घरघरमा गएर भोट मागी रहेको बताएका छन ।
आफुले बार्षिक १ लाख ५० हजार भन्दा बढी कर तिरी रहेको बताउदै आफुले आप्mनो परिवार बाच्नको लागी ब्यवसाय गर्ने र वडा अध्यक्ष भएर समाजसेवा गर्ने बताउदै वडाबाट पाउने सेवा सुबिधाको गाडी तथा पेट्रोल समेत नलिने घोषणा गरे ।
विकास निर्माणको लागी सबैसंग सहकार्य गरि अगाडी बढने बताएका उम्मेद्धवार राईले आफ्नो जित सुनिश्चित रहेकोले गठबन्धन नगर्ने पुनं. दोहोर्‍याएका थिए ।
फोटो जितन राईको फेसबुकबाट

तपाईको प्रतिक्रिया