सागर सम्बा
उक्त घटना बारे परिवार केही बोलेन, बोल्नु पर्यो भन्ने चौतर्फी दबाब आएपछि केही कुरा लेख्दै छु ।
कोशी खारेजी आन्दोलनको एउटा रुप थियो, कोशी लेखेको लेटर प्याड जलाउने । त्यही क्रममा २०७९ चैत्र ९ गते माङसेबुङ –५ वडा कार्यालयको केही सर–सामाग्री हरु पनि जल्यो । उक्त घटनाले त आन्दोलनकारीहरुलाई साहास नै मिलेको थियो । त्यस पछि चैत्र २२ गते आाशिस साम्बालाई समाएर इ्लाम लगियो ।
सोही समाएकै दिनदेखि नै संयुक्त संङघर्ष समितिका शीर्ष नेतृत्वमा मैले व्यापक पहल गरेको हो । आन्दोलनकारी छुटाउनु पर्यो भनेर । कल डिटेल र मेसेन्जरहरुमा चेक गर्दा हुन्छ समितिका शीर्ष नेताहरुलाई पटकौं पटक सम्पर्क गरेको छु । प्राय गरेर घटकहरुको कुरा “ लारुम्बा“ / डकेन्द्र सिं मानेन भन्ने आएको हो । अनि डकेन्द्र सिं थेगिमसँग फोनमा र भेटमा धेरै पटक कुरा हुँदा वहाँको जवाफ आयो “ किसान खजुम र केहेर सिं योङहाङ मानेन।“ समस्या कहाँनिर छ ? र यो के हो ? यसरी पहिचानबादी योद्दालाई ब्यक्तिगत रिसईबी/ प्रतिसोध साँधेर फसाउन मिल्छ ? कि सङ्घर्ष समिति किसान खजुम र केहेर सिं योङहाङको मात्र हो ? कि क कस्को हो ?
अनि समितिका जिम्मेवार नेताहरुले दिएको जानकारी अनुसार खगेन्द्र माखिमको कुरा: यो हाम्रो पार्टीसँग सम्बन्धित बिषय हो, पार्टीका साथीहरुसँग छलफल गरेर यथार्थ कुरा समितिमा ल्याउछु भनेछन् । तर यस बारे माखिमले मिटिङमा कहिल्यै उठाएनन् । समस्या कहाँ छ ? यो प्रतिसोध होईन ?यसरी मान्छे फसाउन मिल्छ ?
केपी पालुङवा र कुमार लिङदेन दाईको प्राय साझा कुरा आयो “ डकेन्द्र सिंहरु मानेन ।
यायोख्खा र चुम्लुङका साथीहरुको कुरा आयो “हामी पहल गरिरहेका छौं साथीहरु अलिक पोजेटिभ छैनन् ।
समस्या कहाँ छ ? वास्तबिकता के हो ?
निर्दोश र साहासी पहिचानबादी योद्दाहरुलाई निराश बानउने काम नेतृत्ले नगरौ । योद्दा पाउन गारो हुन्छ । कथम–कदाचित यस्तो नहोस् , नेतृत्वको कमी–कमजोरी/आग्रह–पुर्बाग्रह र प्रतिसोँधको कारण योद्दाहरु नेतृत्व तिर नफर्किउन ।
सबैलाई समेटेर/मिलेर अघि बढौं। सेवारो । जय लिम्बुवानकिरात ।