
पथरी । नेकपा एमाले पार्टी पथरीशनिश्चरे नगर कमिटिले वडा नम्बर २ मा वडा अध्यक्ष पद्को उम्मेद्धवार टुङगाउन सकेको छैन ।
साबिक पथरी गाबिसको वडा नम्बर २ र ९ मिलेर बनेको २ नम्बर वडामा एमालेको बलियो जनधार भएको कारण उम्मेद्धवारको रस्साकस्सी चले पछि उम्मेद्धवारको नाम टुङगाउन नसकेको हो ।
केहीदिन अगाडी वडा तहमा बसेको बैठकले वडा अध्यक्षको आकंक्षी धेरै भएकोले सर्बसहमती हुन नसके पछि हाल ९ जनाको सिफरिस गरेको छ । एमाले स्रोतले बताए अनुसार ९ जना मध्ये नैना राइर्, घनश्याम भट्टराई र पर्शुराम न्यौपाने मुख्य दाबेदार हुन ।

पार्टीको २ नम्बर वडाका अध्यक्ष समेत रहेका राई पथरीशनिश्चरे २ बुद्धचौक निवासी हुन । मन्टेश्वरी स्कूलका सञ्चालक रहेका राई बिज्ञान बिषयबाट डिग्री गरेका युवा राजनितिज्ञ हुन ।

यस्तै अनेरास्वाबियूको बिद्यार्थी राजनितिसगै पत्रकारीता गरेका न्यौपाने पथरीशनिश्चरे नगरपालिका कार्यालयको न्यायिक समिती सदस्य रहेर आपनो भूमिका निर्वाह गरिरहेका छन । पार्टीको पूर्व नगर कमिटि सदस्य रहेका न्यौपाने कृषि फार्म समेत सञ्चालक हुन ।

यता पार्टीको २ नम्बर पार्टी पूर्व वडा अध्यक्ष रहेका भट्टराई कृषि फारम सञ्चालक हुन भने सामाजिक कार्यमा योगदान पुर्याउदै आएका ब्यात्ती हुन ।
गत स्थानिय निर्वाचनमा एमाले पार्टीको तर्फबाट याम गुरागाँई नेतृत्वको टिमले सेट नै जित हाँसिल गरेको यस वडामा बागी उम्मेद्धवारको पनि सामना गरेको थियो । वडा अध्यक्षको उम्मेद्धवारीको बिवादले उत्र्कस रुप लिएपछि उत्त पार्टीको स्थानिय लोकप्रिय नेता रत्नबहादुर बस्नेतले बागी उम्मेद्धवार दर्ता गरेर दियो चुनाव चिन्ह लिएर निर्वाचन लडेका थिए । बागी उम्मेद्धवारी दर्ता गरेका बस्नेतले पाँचसय दुई मत ल्याउदै दोस्रो पोजिसन बनाएका थिए भने नेपाली काँग्रेस तेस्रो र माओबादी केन्द्र चौथो स्थानमा सिमित भएका थिए । तत्कालिन बागी उम्मेद्धवार बनेका बस्नेत हाल आफु स्वतन्त्र रहेका बताए ।
बागी उम्मेद्धवारी पर्दा पनि ९ सय बढी भोट लिएर जित हाँसिल गरेको यस वडामा पार्टी र जनबर्गिय संगठन मजबुद रहेको बुझिन्छ । एमालेको २ नम्बर वडाले यस पटक पनि उम्मेद्धवारलाई भूगोलको अध्यान नगरी उम्मेद्धवार बनेको खण्डमा बागी उम्मेद्धवारको सामना गर्नु पर्ने अवस्था हुन सक्ने नाम नबताउने सर्तमा एमालेका प्रभावसाली कार्यकर्ताले बताए । वडा अध्यक्षका उम्मेद्धवारहरुको तस्वीर सामाजिक सञ्जाल फेसबुक






