
पथरी । नेकपा माओबादी (केन्द्र) बाट पूर्व शिक्षक दिननाथ तिम्सीना मेयर पद्को उम्मेद्धवार बनेर चुनाबि मैदानमा होमिएका छन ।
२८ वर्ष सम्मा शिक्षण पेशामा आवद्ध तिम्सीना सोमवार निर्वाचन आयोगको कार्यालय तथा स्थानिय निर्वाचन २०८९ को निर्वाचन अधिकृतको कार्यालय पथरीशनिश्चरे १ मा मेयर पद्को उम्मेद्धवारीको लागी मनोनयन दर्ता गरि चुनाबि मैदानमा होएिका हुन ।
२०४९ साल देखी कम्यूनिष्ट राजनिति सुरु गरेका तिम्सीना नेकपा एमाले पहिलो पृष्ठभूमी हो । २०५६ सालदेखी माओबादी राजनितिमा आवद्ध भएका तिम्सीना २०५८ को पार्टी सदयता लिएर २०५९ साल देखी तत्कालिन जनयुद्धरत पार्टीको अखिल नेपाल शिक्षक संगठनमा आबद्ध भएका थिए ।
सबै पार्टीहरुको शिक्षक संगठन (नेपाल शिक्षक महासंघ)को उपमहासचिव पद्मा बहाल रहेका छन । पथरीशनिश्चरे स्थापित जनकल्याण माबि प्रधानाध्यापक भएर सेवा गरेका थिए । छिमेकी मुलुक भारत, चिन, श्रीलङका र बंगालादेशको भ्रमण गरेका तिम्सीनाले नगरको विकास गर्ने सवालमा आफु अब्बल उम्मेद्धवार रहेको दाबि गरे । आफनो चुनाबि प्रतिस्पर्धा नेकपा एमालेसंग हुने बताउने तिम्सीनाले निर्वाचन आफुले जित्ने आधारहरु प्रसस्त रहेको बताएका छन ।






