
पथरी । नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजबादी) का नेतृ बिन्दु राई स्थानिय निर्वाचन २०८९ मा तिन दलिय गठबन्धनबाट उपमेयर पद्को उम्मेद्धवार हुदै मनोनयन दर्ता गराएकी छिन । नेकपा माओबादी केन्द्र, नेकपा (एकिकृत समाजबादी) जनता समाजबादी पार्टीको संयुत्त गठबन्धनबाट उम्मेद्धवार बनेकी हुन ।
२०२८ सालमा साबिक हसन्दह गाबिस वडा नम्बर १ कोठेबारी र हाल पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ५ मा जन्मीएकी बिन्दुको राजनिति जीवन घरबाट नै सुरु भयो । आमा हरिमाया राईको घर कोठेबारीमा कम्यूनिष्ट कार्यकर्ता उत्पादन थातथलो रुपमा परिचित थियो उनिहरुको घरलाई पार्टी भूमिगत अवस्थामा रहदा नेता कार्यकर्ताको असल सेल्टरको रुपमा प्रयोग हुन्थ्यो ।
हरिमाया राई तत्कालिन अवस्थामा नेकपा एमाले पार्टीको इलाका कमिटि सदस्य तथा अनेम संघ मोरङको जिल्ला कमिटिको सदस्य रहेर आफनो जिम्मेवारी पुरा गरिन ।
तिनै आमा हरिमाया राईको छोरी बिन्दु राई आज नेपाली राजनितिकको खुल्ला आकासमा ३ दलिय गठबन्धनको तर्फबाट उपमेयर पदमा मनोनयन दर्ता गरेर चुनाबि मोर्चा सम्हाल्ने निणर्यको साथ अगाडी छिन ।
आमा हरिमायाबाट कम्यूनिष्टको कखरा सिकेकी बिन्दु राईको श्रीमान सभाषद चण्डीप्रसाद राई हो । पथरीशनिश्चरे नगरकै सामाजिक कार्यमा अब्बल लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष रहेकी छिन ।
सामाजिक तथा राजनितिक भूमिकामा अब्बल रहेका बिन्दु उपमेयर पदबाट जनताको अग्नीपरिक्षामा सहभागी भइरहेकी छिन ।






