पथरी । नेकपा (एकिकृत समाजवादी) को जन्म बिद्रोही भावनाले निर्माण भएको थियो । नेकपा एमालेमा कलकलाउदो उमेर लगानी गरेर आएकी बिन्दु राई आज कलम चुनाव चिन्ह लिएर जनताको घर आगनमा भोट माागी रहेकी छिन । पथरीशनिश्चरे नगरपालिका १० की स्थानिय बिन्दु राई नेकपा एमाले पार्टीको जिम्मेवार नेतृ थिइन । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताद्धरा निर्वाचित सांसद बिघटनको सिफरिस २०७७ पौष ५ गते राष्ट्रपती समक्ष सिफरिस गरेपछि केपी शर्मा ओलीको कदमको बिरुद्ध सडक संर्घषको यात्रा तय भयो । पार्टीको प्रथम अध्यक्षले चालेको असंबैधानिक कदमको बिरुद्धमा पार्टीकै अर्का अध्यक्ष प्रचण्ड पूर्ब प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल झलनाथ खनाल लगायत स्थाई समितिका बहुमत सदस्यहरु र प्रतिपक्ष दल नेपाली कांगे्रस, जनता समाजवादी पार्टी लगायत दलहरु सडकमा आएर बिरोध गर्दा बिन्दु राई पनि बिरोधका श्वर लिएर सडक थिइन । पटकौं पटकको बार्ता छलफल भए पनि राजनितिक सहमति हुन नसकेपछि एमाले पार्टीबाट बिद्रोह भयो । त्यही बिद्रोही भावनाहरुको बुलन्द आवाज र समयको मागले र श्वरले निर्माण भएको पार्टी हो, नेकपा (एकिकृत समाजवादी) । त्यही थुप्रै आवाजहरु भित्रको एउटा श्वर हो बिन्दु राईको र त्यही बिन्दु राई हो पथरीशनिश्चरे नगरपालिकाको उपमेयर पद्को उम्मेद्धवार । तिनदलिय गबन्धनबाट उपमेयर पद्को साझा उम्मेद्धवार बनिरहदा बिन्दुले राजनिति साख जोगाउदै लाने बताउछिन । बिहिवार भएको भेटमा राजनिति यहि बैसाख ३० गते हुने निर्वाचनलाई लिएर जनताको घरदैलोमा जादै गर्दा सबैले सम्मानका साथ स्वागत गर्दै देशको आवश्यक्तालाई मध्यनजर गरि बिद्रोह गरेर निर्वाचनको मोर्चा लड्न आएकोमा बधाईदिने गरेको अनुभव सुनाइन । परिवारनै राजनितिमा लागेर सेवा गरेको कारण घर घरायसी रुपमा हुने सामन्या समस्या पनि आफुलाई नहुने बताइन । चुनाव लडदा महत्वपूर्ण पाटो भनेको आर्थिक पाटो नै हो यस बिषयमा जिज्ञासा राख्दा आर्थिक अवस्था संकटग्रस्त नै रहेको बताउदै सामन्य खर्चमा नै चुनाबि मैदानमा होमिएको बताइन । चुनाव चिन्ह अंकित झण्डा पोष्टर मतदाता शिक्षाका लागी मतपत्र छपाई लगायतको शिर्षकमा खर्च हुने बताइन । उपमेयर पद्मा निर्वाचित भएमा राजनिति आडभरोसा भन्दा पनि ब्याबाहारिक र सामाजिक हिसावले न्याय गरिने तथा भ्रष्टचार बिरुद्ध सुन्य सहनसिलता अपनाइने बताइन । जनताको समस्याहरुलाई पेन्डीङमा नराखी समस्या स्थलबाट नै समाधानको उपाय खोजिने बताइन ।

तपाईको प्रतिक्रिया