
पथरी । पथरीशनिश्नचिरे नगरपालिका वडा न. ५ बाट बागी उम्मेद्धवार बनेका वडा अध्यक्ष सहितको प्यानललाई लालटिन चुनाव चिन्ह प्रदान गरेको छ ।
वडा अध्यक्ष, वडा सदस्यहरु र दलित महिला सदस्य सहित प्यानलनै उठेका उम्मेद्धवारहरुलाई निर्वाचन आयोग नेपाल, स्थानिय निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय पथरीशनिश्चरे १ ले लालटिन चुनाव चिन्ह प्रदान गरेको हो ।
नेपाली कांग्रेस पार्टीबाट वडा अध्यक्ष पद्को लागी नाम सिफरिस भए पनि पार्टीको उपल्लो निकायबाट वडा अध्यक्षमा चेतेन्द्र खडकाको नाममा निर्णय गरेपछि असन्तुष्ट समुहले महेश थापा वडा अध्यक्ष छबिलाल चौधरी, शुसिला मगर र टेकबहादुर थापा वडा सदस्य र दलित महिला सदस्यमा शान्तीदेवी ऋषिदेवले स्वतन्त्र उम्मेद्धवारी दर्ता गराएका थिए ।
आगामी बैसाख ३० गते हुने स्थानिय निर्वाचनमा पथरीशनिश्चरे वडा नम्बर ५ बाट उठेका यस स्वतन्त्र प्यानललाई नेकपा माओबादी (केन्द्र) र जनता समाजबादी पार्टीको समर्थन रहेको छ । स्वातन्त्र उम्मेद्धवारहरुमा माओबादी केन्द्रको तर्फबाट छबिलाल चौधरी र सुशिला मगर स्वातन्त्र उम्मेद्धवार हुन । नेपाली कांग्रेस पार्टीको प्रदेश ख क्षेत्र नम्बर २ उपसभापति सहितको टिमले नै बिद्रोह गरेर निर्वाचनमा स्वतन्त्र रुपले अगाडी बढेको र यस स्वतन्त्र उम्मेद्धवारहरुको प्यानललाई नेपाली कांग्रेस पार्टीको वडा ५ रहेका २ सय ६३ जना क्रियासिलहरु मध्ये २ सय १३ जना क्रियासिल सदस्यहरुले हस्ताक्षर नै गरेर समर्थन गरेको जनाएका छन ।
गत स्थानिय निर्वाचनमा नेपाली कांगे्रसबाट निर्वाचित वडा ५ का वडा अध्यक्ष तथा पार्टीको मोरङ जिल्ला सदस्य अध्यक्ष जोगबहादुर धिमाल पार्टीकै पथरीशनिश्चरे नगर समितिका पूर्व नगर संयोजक इश्वर थापा प्रदेश प्रतिनिधी तथा मोरङ जिल्ला पार्टी सदस्य अभिषेक भट्टराई प्रदेश प्रतिनिधीहरु लगायतको समर्थन रहेको जनाइएको छ ।
साविक हसन्दह गाबिसलाई पथरीशनिश्चरे नगरपालिकामा गाभिए पनि संघिय र प्रदेश सभाको निर्वाचनमा भने क्षेत्र नम्बर २ ख अन्र्तरगत रहेको छ ।






