
पथरी नगर अस्पाताल
विजय खम्बु
पथरी । पथरी शनिश्चरे नगरको जनस्वास्थ्य सेवा कार्यक्रमको स्थिती मजबुद रुपबाट संचालन भइरहेको पाइएको छ ।
७ स्थानमा आधारभूत जनस्वास्स्थ्य सेवा केन्द्र, २ स्थानमा स्वास्थ्य चौकी, र १ नगर अस्पतालबाट जनस्वास्थ्य सेवा संचालन भइरहंदा मध्याम रुपबाट सेवा संचालन भइरहेको पाइएको हो ।
८५ जना जनस्वास्थ्यकर्मी, ३० जना राष्ट्रिय महिला सामुदायिक स्वास्थ्यले नगरबासीको स्वास्थ्यमा ध्यान पूर्वक कार्य गरिरहेको पाइएको छ । पथरी शनिश्चरे नगर अस्पतालबाट दैनिक ४५० जना नागरिकले सेवा लिइरहेका छन । राष्ट्रिय बिमा बोर्डबाट सरदर ८० लाख रुपैयाँ बराबरको बिमा दावि भुत्तानी गरिरहेको यस अस्पतालबाट ९८ प्रकारका औषधी निशुल्क उपलब्ध हुँदै आएको छ ।
पथरी शनिश्चरे नगरपालिकामा १ वर्ष भन्दा मुनिका १ हजार १ सय ७३ जना, ५ वर्ष भन्दा मुनिका ५ हजार ४ ससय १० जना र १५ वर्ष भन्दा मुनिका १८ हजार २ सय ६६ जना रहेको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत जगत मगरले जानकारी दिए ।
नगरपालिका क्षेत्रमा हाल १ हजार ६ सय ३८ जना गर्भवती महिलाहरु रहेका आंकडा छ । यस आर्थिक वर्षमा १ जना गर्भवती महिला र १ नवजात शिशुको मृत्यु भएको तथ्याङक रहेको छ ।
अधिकृत मगरका अनुसार संघिय सरकारबाट सामाजिक सुराक्षा भत्ताबाट सेवा प्राप्त गर्ने १३६ जना ९ प्रकारका दिर्घरोगी बिरामीहरु रहेका छन । पथरी शनिश्चरे नगरबाट गत जेठ महिनाको तथ्याङकमा भेटिए अनुसार ८२७ जना दिर्घरोगीहरुलाई फलफुल खर्च शिर्षकमा नगद १५ हजार रुपैयाँ प्रदान गरिसकिएको अभिलेखमा छ ।
यस्तै बरिष्ठ जनस्वास्थ्य अधिकृत एकराज खत्रिका अनुसार नगरको आन्तरिक स्रोतबाट बिभिन्न २० वटा शिर्षकका जनस्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सम्पन्न भए । संघ सरकार र प्रदेश सरकारबाट २८ वटा कार्यक्रमहरु सम्पन्न गरिसकिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत खत्रीको भनाई रहेको छ ।
पथरी नगर अस्पतालबाट सेवा लिएका नागरिकहरुले उपचार गरिए वापतको बिमा मसिक करिब ८० लाख रुपैयाँको दरले स्वास्थ्य विमा बोर्डबाट भुत्तानी लिइरहेको अस्पतालका सिनियर अहेब तथा अस्पताल प्रशासक याम खडकाले जानकारी दिए ।
पथरी नगर अस्पतालका सिनियर अहेब तथा अस्पताल प्रशासक याम खडका अनुसार मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी मंगलबारेको सहयोगमा बिशेषज्ञ सेवाहरु संचालन भइरहेकोले सहज भएको बताउँछन ।
पथरी नगर अस्पतालमा अत्याधुनिक प्रयोगसाला मेसिनहरु सहित हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा, फिजिसियन सेवा, सर्जरी सेवा, बालरोग बिशेषज्ञ सेवा, छालारोग बिशेषज्ञ सेवा, मानसिक तथा नसारोग बिशेषज्ञ सेवा, विराटनगर आँखा अस्पतालसंगको सहकार्यमा आँखा उपचार केन्द्र, संचालनमा छ । नगर अस्पतालको ३ वटा एम्बुलेन्स रहेको आर्थिक अवस्था अनुसार निशुल्क एम्बुलेन्स सेवा उपलब्ध आएको जनाइएको छ ।
यस्तै पथरी शनिश्चरे नगरपालिका वडा न. ८ का वडा अध्यक्ष नविनजंग कार्कीका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिका क्षेत्रमा बसोबास गर्ने १ हजार २ सय बिपन्न घर परिवारको स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिइने, महिलाहरुको आङ खस्ने समस्या मुत्त नगरपालिका निर्माण गर्ने, गर्भवती महिलाहरुलाई निशुल्क क्याल्सीयम उपलब्ध गराउने र नवजात शिशुहरुलाई किटजन्य रोग संक्रमणबाट जोगाउन किटनासक झुल वितरण गरिने जनाइएको छ ।
यस्तै नगरवासीलाई कुनै पनि अस्पतालमा उपचार गराउँदा रगत आवश्यक परेमा त्यसमा लाग्ने खर्च पालिकाले ब्यहोर्ने १५ औ नगरसभाबाट परित भएको पनि प्रबत्ता कार्कीले जनाए ।






