
रेड स्टार अङग्रेजी बोडिङ स्कुल ऋतम्भरा बहुमुखी क्याम्पस पथरी शनिश्चरे २ का प्रिन्सीपल टिएन तिम्सिना ।
पथरी । रेड स्टार अङग्रेजी बोडिङ स्कुल÷किरात एकेडेमी र ऋतम्भरा बहुमुखी क्याम्पस पथरी शनिश्चरे नगरमा स्थापित शैक्षिक संस्थाहरु हुन ।
उच्च शिक्षा हासिल गरेका युवाहरुको चेतनाको प्रतिफलको रुपमा यहाँको समाजले यि शैक्षिक संस्थालाई लिन सकिन्छ । विगत ७ वर्ष अगाडी टिएन तिम्सिना, खुमनाथ तिम्सिना, विजय डाँगी, सुजन बास्तोला, देखन खवास र जानुका भट्टराईले कक्षा १२ सम्म संचालनमा रहेको रेड स्टार अङग्रेजी बोडिङ स्कुल र कक्षा ५ सम्म संचालनमा रहेको किरात एकेडेमीको नेतृत्व लिएका थिए ।

सडकमा जेब्राक्रस बनाउदै ऋतम्भरा बहुमुखी क्याम्पसका विद्यार्थीहरु । फायल तस्वीर
भएका स्रोत साधनलाई सदुपयोग गरि सफल ढंगले ब्यवस्थापन गर्दै आजको स्थितीसम्म आइपुग्दा उज्वल र सुन्दर भविष्य देखिन थालेको छ । नेपालको शैक्षिक क्षेत्रमा योगदान पुर्याएवापत सन २०२१ मा बिट्रिस काउन्सिलले ईन्टरनेशनल स्कुल अर्वाडबाट पुरस्कृत गरेपछि अलि बढी काम गर्न उर्जा मिलेको प्रिन्सीपल टिएन तिम्सिनाले बताए ।
त्यसैको प्रतिफलको रुपमा ऋतम्भरा बहुमुखी क्याम्पसलाई लिन सकिने शिक्षक राजु तिम्सिना बताउछन ।
निजी क्षेत्रबाट बहुमुखी क्याम्पस सञ्चालन गर्नुं ठुलो चुनौतीको पहाड भए पनि टिमवर्कको कारणले गर्दा अहिले बिबिएस तेस्रोवर्षको कक्षा चलाउन सम्पूर्ण ब्यवस्थापकीय कामहरु सम्पन्न भइसकेको प्रिन्सीपल टिएन तिम्सिनाको भनाई रहेको छ ।

रेड स्टार अङग्रेजी बोडिङ स्कल र ऋतम्भरा बहुमुखी क्याम्पसको भवन । तस्वीर तिम्मा न्यूज
कक्षा ११ र १२ मा अध्यान गर्ने विद्यार्थीको रिजल्ट प्रदेश स्तरमा उत्कृष्ट रहेको र नगर स्तरमा सबैभन्दा राम्रो आएको हुनाले काम गर्न थप हौसला बढेको प्रिन्सीपल तिम्सिना बताउँछन ।
गत शैक्षिकसत्रको एसइइ परिक्षामा २ जनाले ४ जिपिए ल्याएर पास गर्दा यो टिमका लागी थप चुनौती र सुन्दर अवसरका ढोका खुल्दै गएका छ । अहिले कक्षा नर्सरी, एलकेजी र यूकेजी कक्षामा सिपिएस र कक्षा १ देखी ४ सम्म सिपिआरएस पाठ्यक्रम अनुसार शिक्षण सिकाइका कक्षा संचालन भइरहेको छ ।
सिपिएस र सिपिआरएस पाठ्यक्रम नेपालका बिभिन्न शहरहरुमा संचालित महंगा फि असुल्ने विद्यालयले संचालन गरिरहेको छ, भने पुजा शाह नेतृत्वको टिमले सुपरभिजन गरिरहेको छ । सिपिएस र सिपिआरएस पाठ्यक्रम निक्कै महंगो शिक्षण सिकाई पद्धती पाठ्यक्रम भएपनि नयाँ शैली अपनाउदै विद्यार्थीको सिकाइलाई फराकिलो बनाउन रेड स्टार र किरात एकेडेमीमा अध्यानरत विद्यार्थीको लागी ल्याइएको भनाइरहेको छ ।

हिसान मोरङले आयोजना गरेको गत वर्षको प्रतियोगितामा प्रथम पुरस्कार र ट्रफि ग्रहण गर्दै ऋतम्भरा बहुमुखी क्याम्पसका खेलडी विद्यार्थी ।
खेलकुद र अतिरित्त क्रियाकलापको क्षेत्रमा रेड स्टार अब्बल विद्यालय हो । यहाँ भालिवल, फुटबल, नृत्य, गायन, चित्रकला, मुर्तिकला, हस्तलेखन, स्काउट र एनसिसि संचालनमा छ । अतिरित्त क्रियाकलाप र खेलकुदका लागी अनुभवि दक्ष प्रशिक्षकले प्रशिक्षण गरिरहेको भाइस प्रिन्सीपल बसन्त मादेनले जानकारी दिएका छन । रेड स्टारको शैक्षिक उन्नतीसंगै बिभिन्न स्थानमा आयोजना हुने खेलकुद विधामा अब्बलता हासिल गर्नुसक्नु मुख्य चिनारी रहेको भाइस प्रिन्सीपल मादेनको भनाई रहेको छ ।

प्रिन्सीपल टिएन तिम्सिना भाइस प्रिन्सीपल वसन्त मादेन र शिक्षक राजु तिम्सिना । तस्वीर तिम्मा न्यूज
यस शिक्षण संस्थाको सेवा क्षेत्र पथरी शनिश्चरे नगरपालिका, कानेपोखरी गाँउपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका र सुनवर्सि नगरपालिका रहेको छ । विद्यार्थीको सुविधाको लागी ७ वटा बसको ब्यवस्था रहेको विद्यालय ब्यवस्थापनको भनाई रहेको छ । ३ वटा छुट्टा छुट्टै भवनबाट कक्षा सञ्चालन गरिरहेको रेडस्टारले यस शैक्षिक सत्रमा १७ सय जना विद्यार्थीले पढी रहेका छन । यस स्कुल र क्याम्पसमा १ सय २० जना बढीले रोजगारी पाएका छन । सुविधा सम्पन्न भौतिक पूर्वाधार रहेको भवनबाट गुणस्तरिय शिक्षा प्रदान गर्दै भविष्यमा ऋतम्भरा बहुमुखी क्यम्पसबाट ड्रिग्रीका कक्षा संचालन गर्ने लक्ष्य रहेको प्रिन्सीपल टिएन तिम्सिनाले बताए ।






