
पथरी । एसियन हाइवे निर्माण स्थलको पथरी शनिश्चरे नगरपालिका वडा न. १ मुख्य बजार क्षेत्रमा ड्रेन र फुटपात सहित निर्माण गर्नुपर्ने स्थानिय जनप्रतिनिधीहरुले माग गरेका छन ।
आज शनिवार पथरी उद्योग वाणिज्य संघको पहलमा आयोजित कार्यक्रममा बोल्ने स्थानिय जनप्रतिनिधी र सरोकारवाल ब्यक्तीहरुले निर्माण कम्पनी र सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउदै ड्रेन र फुटपात सहितको सडक निर्माण गर्नु पर्ने माग गरेका हुन ।
पथरी बजार क्षेत्रमा ४ लेनको सडक र २ लेनको सर्भिस लाइन मात्रैको नक्सा रहेको सार्वजानिक भएपछि स्थानिय जनप्रतिनिधी, राजनितिक दल र सरोकारवालहरुले भेला भएर सो विषयमा आफ्ना धारणा राखेका थिए ।
ग्रामीण शहरी क्षेत्रमा बीच सडकको दायाँबायाँ, फुटपाथ, साइकल लेन र ड्रेन बन्नेछ भनेर सम्झौता भएको थियो ।
चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेडले तोदी कन्स्ट्रक्सनसंगको सहकार्यमा काम गरिरहेको अवस्थामा सडक निर्माण हुने नक्सामा फुटपात, साइकल लेन र ड्रेन नरहेको निर्माण पक्षले बताएपछि यस विषयलाई समेटेर जानु पर्ने वक्ताहरुले धारणा राखेका थिए ।
पथरी शनिश्चरे नगरपालिकाका पूर्व प्रमुख दिलिप कुमार राईले नगरपालिका प्रमुखको नेतृत्व टिम बनाएर चाडो समस्या समाधानको लागी लाग्नु पर्ने बताए ।
वडा न. १ का वडा अध्यक्ष भिम कुमार राई, वडा न. ३ का वडा अध्यक्ष विजय लिम्बु, वडा न. ४ वडा अध्यक्ष लोक किरण न्यौपाने, वडा न. ९ का वडा अध्यक्ष वीर बहादुर राई, संचारकर्मी अर्जुन जम्नेली राई, नेकपा एमालेका पथरी शनिश्चरे नगर अध्यक्ष रमेश दाहाल, नेपाली कांग्रेस पार्टीका नगर सभापति रुपनारायण भट्टराई नेकपा एसका नगर अध्यक्ष तुलसी ढकाल लगायतले आफनो धारण राखेका थिए । पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेतको अध्यक्षमा भएको कार्यक्रममा महासचिव अशोक राईले संचालन गरेका थिए ।






