कानेपोखरी । कानेपोखरी गाउँ पालिकाकी अध्यक्ष राजमती इङनामले आफैले उत्पादनत गरेको दही घ्यू लगायत पौष्टिक खाने कुरा खान पालिकाबासीलाई अनुरोध गरेकी छिन ।
नेपालीहरुले अन्य देशबाट आयातित तेल लगायत खानाले दीर्घकालीन रोग लागेको अब आफैले उत्पादनमा गरेका दुग्धबाट उत्पादित दही दुत घ्यू खान आग्रह गरिन र श्री सिंहदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा कार्यक्रमको प्रमुख अतिथी रहेकी अध्यक्ष इङनामले सम्बोधन गर्दै उत्त कुरा बताएकी हुन ।
अध्यक्ष राजमती इङ्नामले सहकारी अब बचत गर्न र ऋण लिनमा मात्र सिमित बनाउन नहुने भन्दै उत्पादन मुखी हुनु पर्नेमा जोड दिदै दुग्ध सहकारीले किसानका लागि नयाँ नयाँ कार्यक्रम ल्याउनु पर्ने सुझाव समेत बताइन । दुग्धजन्य चिजहरु उत्पादन गरि बजारीकरण गर्न सहकारी सक्षम रहेकाले यो कार्य गर्न सुझाव दिइन ।
आज कार्तिक १० गते शनिबार बाल मा बि स्कुलको प्राङ्गणमा चुनाबी साधारणसभा सम्पन्न भएको थियो । साधारणसभाले ४ वर्षे कार्यकालको लागि नारायण प्रसाद कोइरालाको अध्यक्षतामा ९जनाको नयाँ कार्यसमिति समेत निर्वाचित भएका छन ।