पथरी । आज पथरी शनिश्चरे नगरपालिका २ सेल्फीरोडमा ट्रिपरले ठक्कर दिदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
दुरघटनामा परि पथरी शनिश्चरे २ बस्ने वर्ष ४८ को प्रितम गौतम र पथरी शनिश्चरे बस्ने वर्ष १८ निश्चल आङदेम्बेको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्व तर्फ हिंडिरहेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ हिंडिरहेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । निश्चल आङदेम्बेले मोटरसाइकल चलाएका थिए भने प्रितम गौतम पछाडी सिटमा सवार रहेको प्रहरीले जानकारी दिएको छ ।
एसियन हाइवेमा काम गरिरहेको ट्रिपर चालक सुन्दर हरैँचा नगरपालिका ६ गछिया बस्ने वर्ष ३५ को सुरेश राई प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
दिउसो २ः३० बजेको समयमा दुरघटना भएको घाइते भएको दुवैजनालाई उद्धार गरेर उपचारको लागी मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी मंगलबारे पठाइएकोमा दिउसो ३ः२० को समयमा अस्पतालले मृत घोषणा गरेका थिए ।
मृतक शव अहिले मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी मंगलबारे शवगृहमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया