
विजय खम्बु
कानेपोखरी । कानेपोखरी गाँउपालिका कार्यालयले पालिका क्षेत्रमा बसोबास गर्ने अति विपन्न परिवार आफ्नो लागी पालिकाले घर उपहार दिने भएपछि घर पाउने परिवार मख्ख परेका छन ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत कानेपोखरी गाँउपालिका, ह्याविटयट फर ह्युमानिटी नेपाल र साहारा नेपालसंगको सहकार्यमा वडा न. ४ को क्याम्पाघाटमा बसोबास गर्ने १७ घर परिवारको आफ्नो परिवार राख्न सुरक्षित घर पाउने भएपछि मख्ख परेका हुन ।
स्थानिय स्थानिय ५५ वर्षकी कमला चौधरी भन्छिन, जीवनमा यस्तो घरमा बस्न पाइन्छ भनेर कल्पना नगरेको तर पालिकाले यसरी घर उपहार दिएपछि आफु धेरै खुसी भएको बताइन । श्रीमान सहनलाल चौधरी ज्यालादारी काम र आफु खेताला गएर परिवार पाल्दै आएका थियौं । हावा, पानी र घामबाट बच्न सक्ने अवस्था थिएन । सण्ठीको बेरा र फुसको छानोले छाएको घरमा जीवन ब्यातित गरिरहेको चौधरी परिवारलाई पालिकाको “सुरक्षित आवास कार्यक्रम” खुसीको सिमाना रहेको छैन ।
यस्तै घर उपहार पाउने मञ्जु ऋृषिदेव भन्छिन, आफ्ना खेतीपाती केही छैन, अर्काकोमा बनिबुतो गरेर छोराछोरीलाई पालन पोषण गरिरहेको बताइन । यसरी घर पाउँदा आफु र आफ्नो परिवार हर्षित भएको बताइन । श्रीमानसंगै आफुपनि हाजिरामा काममा जाने र छोराछोरी पढाउने काम गरिरहेको बताउछिन ।
सुरक्षित नागरिक आवास कार्यक्रमको निर्माण उपभोत्ता समितिका अध्यक्ष तथा लाभग्राही कौसिला राईका अनुसार लामो समयदेखी यस घाट वरपर बसोबास गर्ने मानिसलाई घर बनाइदिने काम राम्रो रहेको बताइन ।
यहाँको मानिसहरु सण्ठीले बारेर फुसको छानोले छाएको सानो घरमा कष्टकर तरिकाले बाँचिरहेको अवस्थामा घर उपहार कार्यक्रमले अबका दिन सहज हुने जीवन अध्यक्ष राइले बताइन । २ वटा कोठा भएको एउटा घर, एउटा किचन कोठा र एउटा सौचालय निर्माण सम्पन्न गरेर दिनेछ । ब्लग, रड, सिमेन्ट प्रयोग गरेर भूँइ तला, बाँस, तारजालीमा पलष्टर गरिएको वरिपारीको बेरा र टिनले छाएको घर हुनेछ । एउटा घर, किचन र सौचालय ६ लाख २० हजार ४ सय ६१ रुपैयाँको लागत स्टिमेट रहेको छ । १७ वटा घर निर्माण गर्दा १ करोड ५४ लाख ७ हजार ८ सय ३७ रुपैया जम्मा लागत रहेको रहेको छ ।
यस मध्ये लाभग्राहीले १५ प्रतिशतको बराबरको श्रमदान ब्यहोर्नु पर्नेछ । अहिलेसम्मा १० वटा निर्माण सम्पन्न भइसकेको र अन्य निर्माण कार्य धमाधम भइरहेको छ । यस योजनाबाट राजेश ऋृषिदेव, अनिल राई, भिम ऋषिलेव, राममती ऋृषिदेव, बिजुली ऋषिदेव, सुरेश मुसहर, सुनिल मुसहर, पुलमाया सदा मुसहर, मञ्जु मुसहर ऋषिदेव, सोहनलाल चौधरी, दिपा लिम्बु, अञ्जीता माझी राई, कौशिला राई विजय ऋषिदेव, विजय ऋषिदेव, राजु ऋषिदेव, राज ऋषिदेव र दिपामाया राई लाभन्वीत हुनेछन ।
उनिहरुले भोगी चर्ची आएको ऐलानी जग्गामा नै घर निर्माणको काम भइरहेको छ ।
नागरिकलाई सुरक्षित घरमा राख्नु गाँउपालिकाको मुख्य योजना रहेकोले अन्य वडाहरुमा निरन्तर काम भइरहेको कानेपोखरी गाँउपलिका कार्यलय प्रमख राजमति इङनामले जानकारी दिइन ।
निर्माण सम्पन्न भएको घरमा बस्दै निर्माण उपभोत्ता समितिका अध्यक्ष कौशिला राई ।
निर्माण सम्पन्न भएको घर अगाडी मञ्जु ऋषिदेव ।
सण्ठी र बाँसको झिक्राले बारेको फुसको छानोले छाएको यस्तो घरमा बसेर जीवन चलाउथे यहाँको स्थानियहरु ।
निर्माणधिन अवस्थामा रहेको घरको फण्डीसन । तिम्मा न्यूज






