
पथरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति पथरी शनिश्चरे १ मोरङले सार्वजानिक स्थानमा धारा जडानको काम सुरु गरेको छ ।
नगरपालिकाको वडा न. ३ आइतबारे बजारमा पिउने पानीको समस्यालाई समाधान गर्न निशुल्क धारा जडानको काम गरेको हो ।
सेवा क्षेत्रको १० सार्वजानिक स्थानमा धारा जडानको कार्यक्रम नै बनाएर काम गरिरहेको समितिका अध्यक्ष जयराम बिष्टले बताए ।
धारा जडानको क्रममा पाइप, सिमेन्ट सहित आवश्यक सामग्रीहरु खानेपानीले ब्यहोर्ने र करिब १ सय थान इटा र बालुवा भने स्थानियबासीबाट साझेदारी हुनु पर्नेछ ।
अध्यक्ष बिष्टका अनुसार एक स्थानमा धारा जडान गर्दा मिस्त्री, सिमेन्ट, पाइप, मिटर, धारा लगायत आवश्यक सामग्रीहरु सहित समितिले करिब २० हजार रुपैयाँ लाग्ने जनाए ।






