
पथरी । पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माण स्थलको लागि जग्गा प्राप्तीको काम ९० प्रतिशत सकिएको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा न. १० मा रहेको हालको वडा कार्यालय संचालन भएको ठाँउ पश्चिम पट्टि जग्गा प्राप्तीको लागि ९० प्रतिशत काम सम्पन्न भई सकेको हो ।
साविक पथरी गाविस र शनिश्चरे गाबिसका प्रतिनिधि विच भएको सहमती र सम्झौता भएको ठाँउमा जग्गा प्राप्तीको काम सामन्य प्रशासन कार्याल, राष्ट्रिय योजना आयोग हुँदै अहिले सव– डिभिजन वन कार्यालयसम्म ल्याइ पुर्याइएको प्रमुख प्रशासकिय अधिकृत शशि राईले जानकारी दिए ।
अब चाँडै नै जग्गा प्राप्तीको काम सम्पन्न गरेर यस आर्थिक वर्षमा भनन निर्माणको काम पनि सुरु गरिने अधिकृत राईले जानकारी गराए । पथरी शनिश्चरे नगरपालिकाको नाममा जग्गा नभएको हुँदा प्रशासनिक भवन भवन बन्न सकेको थिएन ।
सेवाग्राहीले कार्यालय समयमा नभेटिएको भिडियो प्रसारित भएको संचारकर्मीको जिज्ञासामा उत्त भिडियोको खण्डन गरे । जसले बोलिरहनु भएको छ, वहाँले १५ मिनेट पर्खिएको र उत्त समय आफु कार्यालयको काममा ब्यास्त रहेको बताए । यस्तो भिडियो आउनु दुःखद रहेको अधिकृत राईले जनाए । नगरपालिका कार्यालयमा गुनासो सुन्ने ठाँउ र अधिकृत नै खटाइएको अधिकृत राईको भनाई रहेको छ ।






