
पथरी । पथरी शनिश्चरे नगरपालिकामा खानेपानीको समस्या समाधान गर्न संघिय सरकारबाट ३८ करोड रुपैयाँको लागतमा नयाँ योजना परेको छ ।
पथरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जयराम बिष्टका अनुसार सङ्घीय सरकारको खानेपानी मन्त्रालय सिफारिसमा अर्थ मन्त्रालयको लगानी र राष्ट्रिय योजना आयोगको स्वीकृतिमा ३८ करोडको योजना परेको हो ।
राष्ट्रिय गौरवको योजना अन्तरगत रहेको यस खानेपानी आयोजनाबाट ३ स्थानमा ३ वटा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेट ट्याङकी, बोरिङ, उच्च प्रविधीको पानी फिल्टर र पाइपलाइन बिस्तारको काम हुनेछ ।
पथरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जयराम बिष्ट ।
हाल खानेपानीको कार्यालय परिसर पथरी शनिश्चरे नगरपालिका वडा न. १, पथरी शनिश्चरे २ मा रहेको चौतारी सामुदायि वन उपभोक्ता समुहको कार्यालय पश्चिम र पथरी शनिश्चरे नगरपालिकाको वडा न. ३, ७ र ५ सिमनामा रहेको भोटेघुम्ती स्थीत राम मन्दीर परिसरमा निर्माण हुनेछ । भोटेघुम्तीको राम मन्दीरले उपलब्ध गराएको जग्गामा बोरिङको सम्पन्न भइसकेको छ भने पथरी शनिश्चरे २ मा जग्गा प्राप्तीका लागि खरिद प्रक्रियामा सुचना प्रकाशन गरिएको उपभोक्ता समितिका अध्यक्ष जयराम बिष्टले बताउनु भयो ।
आजको मितिसम्म पथरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ३ हजार १ सय ७८ घरधुरी संङख्या उपभोक्ताको घरमा पिउने पानी बिस्तार गरिसकेको छ भने यो आयोजना सम्पन्न भएपछि १५ हजार घर धुरीलाई खानेपानी पुग्नेछ । खानेपानीको नयाँ योजनाका लागि डिपिआर गत आर्थिक वर्षमा सम्पन्न भइसकेको र मन्त्रालय सहित डिभिजन कार्यालयबाट स्थलगत अनुगमन भएकोले नयाँ योजना फागुन महिनामा टेण्डर आह्वान हुने अध्यक्ष बिष्टले जनाउनु भयो ।






