पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ६ स्थित हसन्दह बजारमा हिजो सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिका कार्यालयले आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रम हिजो माघ २७ गते सम्पन्न भएको हो ।
सार्वजानिक सुनुवाई कार्यक्रममा कृषि, खानेपानी, सडक, कुलो पैनी, शिक्षा, स्वास्थ्य लगायतको बिभिन्न विषयमा सारेकारवालहरुले प्रश्न गरेका थिए । नगरपालिकामा कार्यरत बिभिन्न शाखामा कार्यरत प्रमुख, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत शशी राई र नगर प्रमुख मोहन प्रसाद तुम्वापोले जवाफ दिएका थिए ।
इङघङ मिडिया प्रा. लि.ले संचालन गरेको सार्वजानिक सुनुवाई कार्यक्रम स्थानियको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया