पथरी । कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी एचपिभि खोप हिजोदेखी पथरी शनिश्चरे नगरपालिकामा लगाउने कायक्रम सुरु भएको छ ।
स्वास्थ्यकर्मीलाई नगर प्रमुख मोहन तुम्वापोले खोप सामग्री प्रदान गरेर कार्यक्रमको उद्घाटन गरेको हो । विद्यालयहरुलाई खोपकेन्द्रको मान्यता दिएर संचालन गरिएको यस अभियानमा हिजो २७ गते आइतबार ९ सय २ जनालाई खोप लगाइएको थियो ।
१३ वटा खोप केन्द्रबाट संचालन गरिएको खोप अभियानमा १०५९ जनालाई लगाउनु पर्ने भएपनि विद्यालयमा अनुपस्थित भएका कारण ९ सय २ जनालाई खोप लगाइएको पथर शनिश्चरे नगरपालिका स्वास्थ्य शाखा कार्यालयका बरिष्ठ अधिकृत एकराज खत्रीले जानकारी दिए ।
महिलाको पाठेघरको मुखमा हुने क्यानसर विरुद्धको यस खोप लगाउन छुटमा परेका अन्य किशोरीहरुलाई समन्वय गरि पुनः लगाइने अधिकृत खत्रीले जनाए ।

तपाईको प्रतिक्रिया