पथरी । पथरी उद्योग वाणिज्य संघ पथरी शनिश्चरे मोरङमा आज कर सहभागिता सम्बन्धी एक दिवसिय सचेतना मुलक कार्यक्रम गरेको छ ।
संघको सभाहलमा आज आयोजित कार्यक्रममा पथर उद्योग वाणिज्य संघमा आवद्ध भएका ब्यापारी तथा ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
करदाता सेवा कार्यालय पथरीले आयोजना गरेको उक्त कार्यक्रममा मनिष भट्टराईले सहजकरण गरेका थिए ।
पथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष उद्धवराज बस्नेत, इप्रका पथरीका प्रमुख डिएसपी मोहन विक्रम दहाल, पथर बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष माधव कोइराला सहितको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया