विजय खम्बु
पथरी । पथरी शनिश्चरे नगरपालिका १ निवासी वर्ष ६९ गंगा सुवेदी पथरी बजारको पुराना ब्यवसायी हुन । पथरी बजारमा उद्योग ब्यवसाय सुरु गर्ने गंगा सुवेदी दोस्रो ब्यक्ति हुन । २०४४ सालदेखी धानको काँटाबाट ब्यवसाय सुरु गरेका सुवेदीले चलचित्र हल, घरजग्गा कारोबार गर्दै पथरी बजारको अन्नपुर्ण लाइनमा स्थापना गरेको शंकर लघु उद्योग हाल अहिले पनि संचालनमा छ ।
पथरीमा गंगा सुवेदीले १ कठ्ठा ५ धुर जग्गा १० हजार रुपैयाँमा किनेर धानकाँटा ब्यवसाय सुरु बताउँछन । सुवेदीले ब्यवसाय सुरु गर्दा भरखर सट्टाभर्नाबाट आएका मानिसले फडानी गरेर बसोबास हुँदै गरेंको अवस्था थियो । आफुले ब्यवसाय सुरु गर्दा सामन्य गोरेटो बाटो रहेको सुवेदीले स्मरण गर्छन । त्यसबेला पथरी बजार देखी किरातीचौक, किर्तिपुर तिर जानेबाटो हिलाम्मे अवस्थाको रहेको सुवेदी स्मरण गर्छन ।
त्यस बेला पथरीमा तेह्रथुमे सुब्बा, दुर्गा श्रेष्ठ, बमबहादुर थापा, केदार थापा पर्शुराम अधिकारी, डम्बर गुँरागाई ब्यवसायीक पार्टनर थिए । पथरीको विकास निर्माणको कार्यमा प्रत्यक्ष जोडिएर काम गरेका सुवेदीले सामाजिक कार्यमा उत्तिकै योगदान पुर्याएका ब्याक्ति हुन ।
बाटो पुलपुलेसो, मन्दीर, सामाजिक संघ संस्थाहरुमा रहेर काम गरेका २०१२ भदौ १३ को दिन तेह्रथुममा जन्मीएका सुवेदी पथरीमा ब्यवसाय सुरु गर्दा जुटका बोरा ओच्छाएयर धेरैदिनहरु कटाएको बताए ।
२०५२ सालबाट शंकर लघु उद्योग स्थापना गरि हालसम्म पनि संचालनमा छ ।

तपाईको प्रतिक्रिया