
पथरी । पथरी शनिश्चरे नगरपालिका २ सिनभिलेज पार्टी प्यालेसमा चैत्र २७ गतेदेखी चौंथो सहिद रत्नकुमार बान्तावा राष्ट्रव्यापि रेटिङ तथा प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ ।
चैत्र २७ गतेदेखी ३० गतेसम्म संचालन हुने सहिद रत्नकुमार बान्तावा चौथो राष्ट्रव्यापि रेटिङ बुद्धिचाल प्रतियोगिता तथा पाचौँ मिस्टर काठमाडौँ प्रकाश राई मेमोरियल फिडे ब्लिच रेटिङ चेस्ट टुर्नामेन्ट प्रतियोगिता भएको हो ।
आयोजक संस्था फ्रेण्डसिप चेस क्लव पथरी शनिश्चरे १ ले हिजो कार्यक्रम स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर बुद्धिचाल प्रतियोगिता हुने विषय जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार स्विस लिग सिस्टमले खेल संचालन गराइने मुख्य आरविटर डम्बर बाछाना राईले जानकारी दिए ।
प्रतियोगिताको प्रथम नगद पुरस्कार ५१ हजार रुपैयाँ, दोस्रो नगद पुरस्कार ३५ हजार र तेस्रो नगद पुरस्कार २५ हजार ट्रफि मेडल र प्रमणपत्र रहेको छ । बिभिन्न ६० वटा विधागत पुरस्कार राखिएको आयोजक संस्थाका सचिव लोक सागर साम्बाले पत्रकार सम्मेलनमा जानकारी गराए ।
पाँचौं मिस्टर काटमाण्डु प्रकाश राई मेमोरियल ब्लिज टुर्नामेन्ट प्रतियोगिताका विजेताले भने नगद रु १० हजार पुरस्कार प्रदान गरिने क्लवका अध्इक्ष धनराज राई (अमिर) ले पत्रकार सम्मेलनमा बताए । दोस्रो नगद ७ र तेस्रो नगद पुरस्कार नगद ५ हजार रहेको छ । नेपाल भरिका करिब २०० भन्दा बढी बुद्धिचाल खेलाडि सहभागी हुने क्लवले जनाएको छ ।
यस प्रतियोगिता सम्पन्न गर्नको लागी १२ लाख ७५ हजार रुपैयाँ खर्च हुने जनाएइको छ ।






