पथरी । पथरी शनिश्चरे नगरमा रहेको कालोपत्रे बाटो भत्किएर खाल्डाखुल्डी भएपछि त्यसलाई मर्मत कार्य धमाधम भइरहेको छ ।
पथरी शनिश्चरे नगरपालिका र सडक बोको आधा आधा लगानीमा ८८ लाख ६२ हजार २ सय ६१ रुपैयाँ १७ पैसामा जय भवानी निर्माण सेवा सडक मर्मतको काम भइरहेको हो ।
पथरी शनिश्चरे नगरपालिका वडा न. १ को रोजु कोटाबाट सुनाखरी चौक, लम्बर चौक हुँदै वडा न. १० जाने बाटोमा मर्मतको काम धमाधम भइरहेको छ ।
यस्तै बुद्ध मार्ग, विष्णु चौक, पुलचोक, मङ्गलवारे हुँदै कीर्तिपुर जाने बाटोको खाल्डाखुल्डी मर्मत काम भइरहेको नगरपालिका कार्यालयका इन्जिनियर सन्तोष केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया