पथारी । युवा नेता विरोज मगर (विर्खबहादुर पिठाकोठे मगर) ले सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
नेकपा एमाले पथरी शनिश्चरे नगरको दोस्रो अधिवेशनको मिति नजिकिँदै जाँदा मगरले उम्मेदवारी घोषणा गरेका हुन ।
यहीँ चैत्र २७ गते नगर अधिवेशन हुँदै छ । राष्ट्रिय युवा संघ नेपालबाट राजनीति जीवन सुरु गरेका मगरले हाल पार्टीको नगर सचिवालय सदस्य हुन ।
नेपाली खेल जगमा राष्ट्रिय खेलाडीहरू उत्पादन गर्न नेतृत्वदायी भूमिका लखिरहेका मगरको पार्टी नगर सचिव दाबी स्वीकार्य रहेको नगर प्रतिनिधिहरूले बताँउछन ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ७ को पूर्व जनप्रतिनिधिको जिम्मेवारी समेत पूरा गरिसकेका मगर भन्छन, “मलाई पार्टीले सचिव पदमा जिम्मेवारी दिए”, नगरको १० वटा वडाहरु नै आउने स्थानिय निर्वाचन जिताउने अभियान संचालन गर्छु ।