पथरी । एमबिबिएस १६ औं ब्याचको आयोजनामा सम्पन्न ’नोबेल स्पोट्र्स फिएस्टा २०२५’ मिति २०८१ चैत्र २२ गते (२०२५ अप्रिल ४) भव्य रूपमा समापन भएको छ ।
उक्त खेलकुद महोत्सव २०८१ चैत्र १५ गते (मार्च २८, २०२५) देखि सुरु भई चैत्र २२ गते (अप्रिल ४) सम्म विभिन्न रोचक खेल मार्फत सञ्चालन भएको हो ।
फुटबल, क्रिकेट, भलिबल, कबड्डी, टग अफ वार, टेबल टेनिस, क्यारामबोर्ड र चेस समावेश थिए, जसले विद्यार्थी, शिक्षक, चिकित्सक तथा कर्मचारीहरूमा आपसी सहकार्य, ऊर्जा र खेल भावना विकास गरेको थियो ।
समापन समारोह मिति २०८१ चैत्र २३ गते शनिवार सम्पन्न भयो, जसमा विभिन्न खेल विधाका विजयी टोली र खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य, गायन र मनोरञ्जनात्मक प्रस्तुतीहरू पनि प्रस्तुत गरेका थिए। समापन समारोहमा प्रमुख अतिथिको रूपमा डा. रीतु बराल उपस्थित हुनुहुन्थ्यो ।
उपस्थित अन्य विशिष्ट अतिथिहरूमाः डा. गेहनाथ बराल, डा. प्रकाश काफ्ले, डा. बबिता काफ्ले, डा. दिलिराम काफ्ले, डा. मिलुना भुसाल, डा. शिखा रिजाल, डा. रुपेश श्रीवास्तव, डा. विशाल राज जोशी तथा सुरेन्द्र घिमिरे हुनुहुन्थ्यो ।