पथरी । भोली देखी सरस्वती आधारभूत विद्यालय सञ्चालन गरिने भएको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा न. २ मा रहेको एक मात्र सामुदायिक विद्यालय सरस्वती आधारभूत विद्यालयमा भर्ना हुन आउने विद्यार्थीलाई पुस्तक वितरण सहित कार्य सञ्चालन गर्ने सहमति भएको हो ।
आज वडा न. २ का वडा अध्यक्ष नानै राई, वडा सदस्य चन्द्रकुमार राई, पतरी शनिश्चरे शिक्षक अभिभावक सङ्घ अध्यक्ष विष्णु लम्साल, विद्यालय ब्याबस्थापन समिति अध्यक्ष खगेन्द्र थापा, चौतारी सामुदायिक बन अध्यक्ष टङ्क कन्दङवा सहितको बैठक बसेका थिए ।
विद्यार्थीहरू अन्य विद्यालय जान थालेपछि यसलाई रोक्नको लागि विद्यालय चालनको लागि निर्देशन गरिएको अध्यक्ष नानै राई बताए ।
पठन पाठनको लागी आउने विद्यार्थीहरूलाई निःशुल्क विद्युतीय सिटी सफारीको व्यवस्थापन गर्ने र अङ्ग्रेजी माध्यमाबाट पढाई सञ्चालन गरिने र पुस्तकको व्यवस्थापन वडा कार्यालयबाट नै निशुलक उपलब्ध गराउने वडा अध्यक्ष राईको भनाई रहेको छ ।
अति विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बिमा समेत गरिने वडा अध्यक्ष राईले बताए । नेपाल शिक्षक महासङ्घले घोषणा गरेको आन्दोलन २० दिन देखी चलिरहेको छ ।