पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयको प्रशासनिक भवन निर्माण गर्न आज नगर प्रमुख मोहन तुम्वापो र उप–प्रमुख देवीमाया कफ्लेले सिल्यान्यस गर्नु भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको वडा न. १० मा वृहत् कार्यक्रमको आयोजना गरेर नगर प्रमुख तुम्बापो र उप–प्रमुख देवीमाया काफ्लेले संयुक्त रूपमा सिल्यन्यस गर्नु भएको हो ।
२० करोड ३ लाख २३ हजारको लागतमा पाँच तलाको भवन भवन निर्माण स्थलमा संविधान सभाषदद्धय चण्डी प्रसाद राई र लाल बहादुर सुस्लीङ मगर, पंचायतकाल देखी हाल सम्मका पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक विद्यालयका बिब्यस अध्यक्ष तथा प्र.अ. विभिन्न सङ्घ संस्थाको प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधिको उपस्थितिमा सिल्यन्यस कार्यक्रम सम्पन्न भएको थियो ।
भवनको निर्माण कार्यका लागि पथरी शनिश्चरे नगरपालिका कार्यालयले ४ करोड ७० लाख छुटाएको, नेपाल सरकारले भवन निर्माणको लागि १२ करोडको आधा रकम दिने व्यवस्था रहेको र अन्य श्रोत जुटाएर भवन निर्माणको काम हुने पथरी शनिश्चरे नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शशी राई बताउनु भयो ।
हिजो वैशाख ४ गते निर्माण व्यवसायीसँग २०८३ चैत्र महासन्तसम्म भवन निर्माण गरी सक्नुपर्ने सम्झौता भए बमोजिम काम सम्पन्न भए निर्माण कम्पनीले बोनस पाउने र सम्झौता भएको समयमा काम निर्माण कार्य नसके जरिवाना तिर्नु पर्नेसम्मको सम्झौता भएको अधिकृत राईले जानकारी दिनु भयो ।
१० नम्बर वडा अध्यक्ष जीवन खतिवडाले स्वागत गर्नुभएको कार्यक्रम नगरका शिक्षा विभाग प्रमुख नवीन खुलालले सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया