
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ५ सुन्दरी चौकमा रहेको जनता आधारभूत विद्यालयको अहिले मुहार फेरिदैछ ।
स्थानिय सरोकारवाल ब्याक्ती, विद्यालय ब्यवस्थापन समिति, अभिभावक, प्रधानाध्यापक, शिक्षक, स्थानिय सरकार र प्रदेश सरकार प्रत्यक्ष लगानी तथा निगरानीले गर्दा अहिले यस विद्यालयको मुहार फेरिन थालेको हो ।

२०३५ सालमा स्थापना भएको यस विद्यालयको भौतिक संरचना केही वर्ष अगाडी भन्दा सामन्य अवस्थाको मात्रै थियो । बक्राखोलाको बगर छेउमा रहेको जनता आधारभूत विद्यालयमा अभिभावक र स्थानिय सचेत नागरिकले प्रत्यक्ष निगरानी गर्न थालेपछि विगत वर्षदेखी निक्कै राम्रो बन्दै गइरहेको छ ।

कक्षा ५ सम्मा संचालित यस विद्यालयमा ६५ जना विद्यार्थीलाई ६ जना शिक्षकले पढाई रहनु भएको छ ।
३ वटा कक्षा कोठामा पथरी शनिश्चरे नगरपालिकाको शिक्षा शाखाबाट १ लाख रुपैयाँको लागतमा सिलिङ राखिएकोले पढाईमा सहजता भएको छ । बाँकी ३ वटा कक्षा कोठामा सिलिङ नभएको हुँदा विद्यार्थीलाई गर्मी मौसममा पढाईलाई प्रभावित हुने गरेको प्रधानाध्यापक यसोदा राउतले बताउनु हुन्छ ।
करिब १ लाख रुपैयाँ बजेट भएमा सिलिङ लाउन पाए जाडो र गर्मी मौसममा नै सहजता हुने प्रधानाध्यापक राउत बताउनु हुन्छ ।

हालसम्मा त्रिलोचन अधिकारीले १ थान दराज, गोविन्द पौडेलले ५० हजार बराबरको फलामको गेट, महालक्ष्मी कलर उर्लाबारीबाट २४ लिटर रङ, डिजिटल कलर उर्लाबारीबाट २ बाल्टी कलर, पथरी शनिश्चरे यूएइ समाजले १ थान स्मार्ट टिभि सहयोग गरेको प्र.अ. राउतले जानकारी दिनु भयो । पूर्व शिक्षक तथा प्र.अ. इन्द्र बहादुर थापाले ५० हजारको अक्षय कोष स्थापना गरिदिनु भएको छ ।
विपन्न वर्गको छोराछोरी पढने यस विद्यालयको वरिपरी कम्पाउण्ड पर्खाल प्रदेश सरकारको बजेट निर्माण भएको छ ।






