पथरी शनिश्चरे नगरपालिका वडा न. ७ मा रहेको शिव पंचायन मन्दिरको संघिय सांसद डा. सुनिल कुमार शर्माले उद्घाटन गर्नु भएको छ ।
आज साउन १६ गते शुक्रबार एक समारोह विच डा. शर्माले मन्दिरको उदघाटन गर्नु हो । प्रदेश सरकारबाट आएको बजेटले निर्माण सम्पन्न भएको उक्त मन्दिरको गेटमा रिवन काटेर सांसद शर्माले मन्दिर उद्घाटन गर्नु थियो ।
मन्दिर उदघाटन कार्यक्रममा छोटो राख्दै नेपाली जनताको पक्षमा सदैब बोलि रहेको बताउनु भयो । जनताले जे अपेक्षा राखेर मतदान गरे अनुसार नै काम गरिरहेको बताउनु भयो ।
मोरङ क्षेत्र न. ३ को सबै भन्दा ठुलो बजेट पथरी, बुद्धचौक, लामाटोली, किराती चौक हुँद बराल टोलसम्मको सडक र पथरी खानेपानीमा बजेट आएको बताउनु भयो ।


स्थानिय महिलाले डा. शर्मालाई फुलमाला लगाएर स्वागत गर्नु भएको थियो । स्थानिय समाजका अगुवा ब्याक्तीहरुले मन्दिर निर्माणको काम अझ बाँकी रहेकाले आउने बजेटमा समेटिदिन अनुरोध गर्नु भयो ।
शिव पंचायन मन्दिरमा आयोजित कार्यक्रममा प्रदेश सांसद मान बहादुर लिम्बु, पथरी शनिश्रे ४ का अध्यक्ष लोककिरण न्यौपानृे, वडा न. ७ का अध्यक्ष उद्धवराज बस्ने वडा न. २ का सदस्य चन्द्र कुमार राईको उपस्थती रहेको थियो ।

तपाईको प्रतिक्रिया