
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. २ मा रहेको श्री हरियाली सामुदायिक वन उपभोक्ता समूहको २० औँ साधरणसभा सम्पन्न भएको छ ।
हिजो असोज ३ गते समूहको सभा हलमा आर्थिक प्रतिवेदन, भाविकार्यृ योजना प्रस्तुत गर्दै २० औँ साधरण सभा सम्पन्न भएको हो ।
साधरण सभामा समूहका अध्यक्ष काबुल बहादुर मगरले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा वातावरण जैविक विविधता संरक्षण र स्थानीय उपभोक्ताका मौलिक, सामाजिक मूल्यमान्यता संरक्षण संरक्षण सम्वद्र्धन र विकास गर्ने लक्ष्य लिएको छ ।
जलविहार, रमणीय पार्क, उद्यम, अवलोकन, वनभोज स्थल, किरात र धिमाल जातीको अभिमतालाई झल्काउने संरचना निर्माण गर्ने, भिडियो छायाँङकन स्थल, माछा पोखरी निर्माण, प्राङगारिक मल उत्पादन र अर्ग्यानिक तरकारी खेती, उन्नत जातका पशुपालन र काठ मिल स्थापना गरी फर्निचर उद्योग सञ्चालन व्यवस्थापन गरी रोजगार तथा आयआर्जन माध्यमको बनाइने उल्लेख छ ।
अध्यक्ष मगरले वन सम्वद्र्धन र दिगो वन व्यवस्थापन कार्य योजना तयार गर्ने, हरियाली सामुदायिक वन लिमिटेडसङ रणनीतिक योजना तयार गर्ने, अति विपन्न उपभोक्ता सदस्यलाई स्वास्थ्य बिमा गरिदिने, पर्यापर्यटन व्यवस्थित गर्ने, हरियाली सामुदायिक वन पब्लिक लिमिटेडसङ कबुल गरेको शेयर खरिद गर्दै जाने आधारभूत संरचनाहरू निर्माण पनि गरिने जनाइएको छ ।

यस्तै आर्थिक वर्ष २०८२÷०८३ सम्म थप एउटा पौडिपोखरी निर्माण गरिने, हरियाली पार्क पैदल मार्ग स्तर उन्नती गरिने, लगायतका योजना तयारी गरेको छ ।
समूहका सचिव निर्मला चौहानले सहुलियत ब्याजदरमा उपभोक्ता सदस्यलाई ५० हजार रुपैयाँ ऋण प्रदान गर्ने, समूहको सेवा क्षेत्रमा बस्ने, प्लम्वीङ, वाई रिङ, मोबाइल मर्मत, मौरी पालन, बेमौसमी तरकारी फलफूल तथा नर्सरी उत्पादन, ढाका तान बुन्ने, बाँसबाट तयार हुने सामग्री निर्माण, पशुपक्षी पालन जस्ता गर्ने तालिम सञ्चालन गर्ने योजना रहेको प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।
समूहका कोषाध्यक्ष कमला लिम्बुले आर्थिक वर्ष २०८१÷०८२ को प्रतिवेदनमा विभिन्न शीर्षकबाट कुल आम्दानी १ करोड ६७ लाख ८८ हजार २ सय ३२ रुपैयाँ रहेको र जम्मा कारोबार रकम १ करोड ८४ लाख ७२ हजार ७ सय ६६ रुपैयाँ प्रतिवेदनमा उल्लेख छ ।
आन्तरिक लेखा तथा सुपरिवेक्षण समितिका संयोजक रमेश दाहालको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ को कुल आय ४६ लाख ७६ हजार चार सय ६९ रुपैयाँ रहेको छ भने ४९ लाख ११ हजार ६ हजार ६२ रुपैयाँ ब्याय रहेको छ ।
वन समूहले गरिबी न्यूनीकरणको लागि सञ्चालन गरिरहेको घुम्ती कोषमा २२ लाख १० हजार सात सय ३२ रुपैयाँ ७९ पैसा, दायित्व तथा भुक्तानी दिनु पर्ने तिन लाख २२ हजार ७६ रुपैयाँ हिसाब प्रतिवेदनमा उल्लेख छ ।






