पथरी । हिजो असोज ९ गते शेयर धनीलाई हरियाली सामुदायिक वन लिमिटेडले ५ प्रतिशत नाफा बढ्दै चौथो साधरण सभा सम्पन्न गरेको छ ।
हरियाली सामुदायिक वन पब्लिक लिमिटेडको सभाहल पथरी शनिश्चरे नगरपालिका वडा न. २ मा भएको साधरण सभामा कम्पनीको अधिकृत पुँजी २० करोड, जारी पुँजी १ करोड ७० लाख र चुक्ता पुँजी ३ करोड ३० लाख ४३ हजार रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गर्दै साधरण सभा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुल बहादुर मगरले पानसमा दियो बालेर उद्धघाटन गर्नु भएको थियो ।
कम्पनीको अधिकृत पुँजी २० करोड, जारी पुँजी १ करोड ७० लाख र चुक्ता पुँजी ३ करोड ३० लाख ४३ हजार रहेको र लिमिटेडले सञ्चालन गरेको स्वीमिङ पुलबाट करिव ४५ लाख रकम संकलन भएको प्रतिवेदनमा उल्लेख छ ।
९३१ जना शेयर सदस्य रहेको यस लिमिटेडले वनभोज स्थल लगायत आय आर्जनको माध्यम बनाएर शेयरधनी अझ बढी नाफा दिने लक्ष्य रहेको समितिका अध्यक्ष दिल बहादुर तामाङले बताउनु भयो ।
लिमिटेडले आइपिओ जारी गर्दै शेयर सदस्य विस्तार गर्ने योजना रहेको प्रबन्ध संचालक रोहित बास्तोलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया