
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. २ बुद्धचौकमा स्थापित लर्डबुद्ध साकोसले सम्मान पुरस्कार वितरण गर्दै आफ्नो २३ औं साधरणसभा सम्पन्न गरेको छ ।
शिवालय मन्दिर पथरीमा पूर्व संचालक सम्मानबाट राजेन्द्र प्रसाद रिजाल, उत्कृष्ट बचत कारोबारकर्ता पुरस्कार बाट बुद्धमाया तामाङ÷राकेश राई उत्कृष्ट ऋण कारोबारकर्ता पुरस्कार यमुनादेवी फुयल÷लालहाङ लिम्बू र उत्कृष्ट बालबचत कारोबार पुरस्कारबाट अप्सन तामाङलाई सम्मान पुरस्कार वितरण गर्दै २३ औं साधरण सभा सम्पन्न भएको हो ।
४५ जना जेष्ठ सदस्यहरुलाई साउन भदौ र असोज महिनाको वद्धा भत्ता पनि वितरण गरिएको थियो । आर्थिक वर्ष २०८१÷०८२ मा २ करोड ७४ लाख ९२ हजार ३ सय ६४ रूपैयाँ आम्दानी भएको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं २ को वडा अध्यक्ष नैना राईको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष धनराज राईको अध्यक्षतामा सम्पन्न भयो ।
संस्थाका सचिव महेन्द्र ढुंगानाले आव २०८१÷०८२ को वार्षिक कार्य प्रगति विवरण र २०८२÷०८३ को ३८ करोड रुपैयाँ बराबरको प्रस्तावित वार्षिक कार्य योजना प्रस्तुत गर्नुभएको थियो ।
हाल सम्ममा ३६ सय २४ जना कुल साधरण सदस्य रहेको उक्त संस्थाले बचतकर्ताको बचत संकलन, ऋण लगानी, मनी ट्रान्सफर सेवा, सुत्केरी भेटघाट कार्यक्रम, रक्तदान कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता लगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ ।






