लेटाङ । लेटाङ नगरपालिका ५ का विध्याकला राईले १ कठ्ठा जग्गा २ हजार रुपैयाँमा भाडामा लिएर रोपेको सयपत्री फुलले करिब २० हजार रुपैयाँ भन्दा बढी पैसा साटदैछिन ।
आठसय रुपैयाँमा बारी जोताएर फुल रोपेकी राईले ४ हजार बराबरीको २० हजार बढी कमाउदै गरेकी हुन । तिहारले झपक्क छोपेसंगै फुल खरिद गर्न आउने ब्यापारीको लस्करै लागेर आउने गरेको उनले बताइन । माला उनेर दुइसय पचास रुपैयाँका दरले अर्डर भइसकेको उनले बताइन ।
तिहार अगाडी आएको र फुल नफुलि सकेको हुँदा यस वर्ष कमाइमा अलि कम हुने राईले बताइन ।
एउटा मालामा ५० थुङगा उनेको उनले बताइन ।
पोहोर १६ हजारको बेचेको र यसपाली २० हजार भन्दा बढी नै आम्दानी दिने राईले बताइन ।
यस्तै सोही ठाँउका दुर्गा श्रेष्ठले २ कठ्ठा जग्गामा सयपत्री फुल रोपेका थिए । उनले पथरीका ब्यापारीलाई १८ हजार रुपैयाँमा ठेक्का दिए । युरिया, भिटामिन, जोताइ, रोपाइ खर्च कटाएर १८ हजार रुपैयाँमा बेचेको श्रेष्ठले बताए ।
सोही ठाँउकी रन्जीता राईले पनि ३ कठ्ठ्मा रोपेको सयपत्री फुल रोपेको बताइन । गतसाल भन्दा यसपाली अलि बढी आम्दानी हुने कुरामा रन्जीता ढुक्क छिन । लेटाङ नगरपालिकाले सयपत्री फुलको अनुदानकबा लागि फम भरेपनि आफुलाई जानकारी नदिएको राईको भनाई रहेको छ ।
पथरी बजारका फुल ब्यापारी अमर बहादुर फियाकले गतसाल भन्दा यस वर्ष फुलको मुल्य महङगो पर्ने बताए ।






